विप्लव नेतृत्वको पार्टी चुनाव लड्ने, सार्वजनिक गर्यो उम्मेदवारको नाम
इलाम । नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाममा स्थानीय तहको चुनावमा भाग लिने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
पार्टीको १४औं जिल्ला कमिटी बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीले इलाम नगरपालिकाको नगर प्रमुखमा फडिन्द्र न्यौपाने र उप–प्रमुखमा नारदमणि साम्पाङ, माई नगरपालिकाको प्रमुखमा युवराज आचार्य र उप–प्रमुखमा अमर राई, देउमाईको नगर प्रमुखमा मोहन बराल, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुलीको अध्यक्षमा गणेशबहादुर पौड्याल, माईजोगमाईको अध्यक्षमा बेनुप तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
बाँकी पालिका र वडामा उम्मेदवारको चयनको प्रक्रियामा रहेको पार्टीका जिल्ला इन्चार्ज सुमन सिंहले बताए । नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता छैन । त्यसैले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव भिड्नेछन् ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्