जनताले मौलिक अधिकार पाउनुपर्छ : राष्ट्रपति भण्डारी
रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताएकी छन् ।
रौतहटको माधव नारायण नगरपालिका–३ मा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वर्गीय गजेन्द्रनारायण सिंहको सपना साकार भएको स्मरण गरिन् ।
राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनमा सिंहको अग्रणी भूमिका रहेकाले उनकै नाममा निर्माण गरिएको अस्पतालबाट स्थानीयले सेवा, सुविधा लिएपछि सिंहको नाम अमरत्व प्राप्त गर्ने बताइन् ।
एक अर्को प्रसङ्गमा उनले भनिन्, ‘किसानको लागि मल, सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती व्यवस्थित, चुरे क्षेत्र संरक्षण, भूमिगत जलस्रोत र धार्मिक पर्यटन सुदृढ बनाइ आर्थिक उन्नतिको लागि तीनै तहको सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’
उक्त कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा संघीय सांसद राजेन्द्र महतो, संघीय सांसद अनिलकुमार झा, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, आयोजक संस्थाका अध्यक्ष दिगम्बर झा, प्रदेशमन्त्री नवलकिशोर साह, भारतीय महावाणिज्य दूत नितेशकुमार, डा प्रभुप्रसाद साहलगायत वक्ताले स्व सिंहको जीवनीबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्