सिन्धुपाल्चोकमा बस दुर्घटना हुदा २२ जना घाइते
सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस दुर्घटना हँुदा २२ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल चौतारामा लगिएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।
बा२ख ११०६ नंको बस इन्द्रावती गाउँपालिका–९ भोटसिपास्थित मोडमा विपरीत दिशाबाट आएको बलेरो जीपलाई साइड दिने क्रममा ब्याक गर्दा ब्रेक फेल भएर सडकमै पल्टेको स्थानीय जनता माविका प्रधानाध्यापक गुणनिधि लम्सालले बताउनुभयो । प्रहरीका अनुसार बसमा करीब ६५ जना यात्रु सवार थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #बस दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्