देउसी खेलेर फर्केका कलाकार बोकेको बस दुर्घटना, ३२ जना घाइते, ५ जना गम्भीर
कात्तिक । मकवानपुरमा देउसी खेल्न गएको कलाकार बोकेको बस दुर्घटना हुँदा ३२ जना घाइत भएका छन् ।
मकवानपुरको बकैया ३ हात्तिसुडेबाट देउसी खेलेर फर्किने क्रममा बागमती प्रदेश ०३ ०००१ ख १३०९ नं को बस पल्टिँदा ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गए राति करिब सवा १ बजे बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बस दुर्घटना
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्