जनप्रतिनिधिबाट राजीनामा दिएर शिक्षिका
जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बन्नुभएको छ । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बन्नुभएको हो । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित हुनुभएको थियो ।
उहाँ छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बन्नुभएको हो । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा समेल हुनुभएको थियो ।
कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाइ अनुदान दरबन्दीमा उहाँ शिक्षिका भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार शाहीले पदबाट राजीनामा दिएकाले शिक्षण पेशामा लाग्न पाउने अधिकार भएकाले परीक्षामा उत्तीर्ण भई सिफारिश गरिएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #जनप्रतिनिधिबाट शिक्षिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्