पासाङल्हामु राजमार्ग खुलाउन आग्रह
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ ।
सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो राजमार्ग खुलाउन आग्रह गरिएको महासङ्घका अध्यक्ष नरेश कटुवालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका कारण अर्बौँ रुपैँया बराबरको सामान नेपाल भित्रिन नसकेकाले व्यवसायी मारमा परेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
व्यवसायीले बैँक तथा वित्तीय क्षेत्रबाट चर्को व्याजदरमा रकम लिएर लगानी गरेका ती सामान नेपालमा भित्रिन नसक्दा हजारौँ व्यवसायी ठूलो मर्कामा परेका र कच्चा पदार्थ रोकिँदा उद्योगलाई समेत समस्या परेको जनाइएको छ ।
नेपालको आर्थिक समृद्धिको मुख्य आधारशिलाका रूपमा रहेको एक मात्र रसुवागढी नाका बन्द हुँदा हजारौँ व्यवसायी, उद्योगी, मजदुर, यातायात व्यवसायीलाई समेत असर परेको उल्लेख छ । रसुवाको राजमार्ग साउन ११ गते परेको भारी वर्षाका कारण पहिरो गएर अवरुद्ध भएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #पासाङल्हामु राजमार्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्