भोलिदेखि पत्रकारले कोभिड १९ विरुद्धको खोप लगाउन पाउने
कोभिड १९ विरुद्ध

काठमाडौ । सरकारले सञ्चारकर्मीहरुलाई पनि भोली (माघ २६) बाट कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलीबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिनुु भएको हो ।
आईतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै उहाँले नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढि पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहनुु भएका सञ्चारकर्मीहरुलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताउनु भयो ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आईतबार पत्राचार गरी ‘माघ २६ गतेदेखि पाँच दिनका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि कोभिड १९ विरुद्धको खोप अभियान सुरु हुने भएकाले खोप प्राप्त गर्नुपर्ने सम्पूर्ण सञ्चारकर्मीहरुको विवरण खोप सचिवालय स्वास्थ्य सेवा विभागमा उपलब्ध गराई दिन हुन र आवश्यक समन्वय गरि दिनुु हुन अनुरोध’ गरेको छ ।
मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारहरुका लागि राहतको व्यवस्था गर्ने उल्लेख गर्दै आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघलगायतका सम्बन्धित संघ, संगठनहरुलाई आग्रह गर्नु भयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्