भोलिदेखि पत्रकारले कोभिड १९ विरुद्धको खोप लगाउन पाउने
कोभिड १९ विरुद्ध
काठमाडौ । सरकारले सञ्चारकर्मीहरुलाई पनि भोली (माघ २६) बाट कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलीबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिनुु भएको हो ।
आईतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै उहाँले नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढि पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहनुु भएका सञ्चारकर्मीहरुलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताउनु भयो ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आईतबार पत्राचार गरी ‘माघ २६ गतेदेखि पाँच दिनका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि कोभिड १९ विरुद्धको खोप अभियान सुरु हुने भएकाले खोप प्राप्त गर्नुपर्ने सम्पूर्ण सञ्चारकर्मीहरुको विवरण खोप सचिवालय स्वास्थ्य सेवा विभागमा उपलब्ध गराई दिन हुन र आवश्यक समन्वय गरि दिनुु हुन अनुरोध’ गरेको छ ।
मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारहरुका लागि राहतको व्यवस्था गर्ने उल्लेख गर्दै आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघलगायतका सम्बन्धित संघ, संगठनहरुलाई आग्रह गर्नु भयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्