संसद विघटनको जिम्मा ओलीले मात्र हैन, सिंगो नेकपाले लिनुपर्दछ – पूर्वराज्यमन्त्री खड्का
संखुवा सभा कांग्रेसको बिरोध प्रदर्शन ( फोटो फिचर )

संखुवासभा, १३ पुस । नेपाली काँग्रेसका नेता दिपक खड्काले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान कम्युनिष्टले कब्जा गर्न खोजेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि आज प्रमुख प्रतिपक्षी दल काँग्रेसले देशभरी गरेको विरोध प्रदर्शनका क्रममा गृहजिल्ला संखुवासभाको विरोध सभालाई सम्बोधन गर्दै नेता खड्काले काँग्रेसले ल्याएको संविधानलाई आज दुईतिहाई कम्युनिष्ट सरकारले कब्जा गर्ने प्रयास गरेको बताउनुभएको हो ।
“संविधानको रक्षाका लागि काँग्रेसले जस्तोसुकै अवस्थामा सडक तताउन पछि हट्दैन,”–उहाँले भन्नुभयो । काँग्रेसले संविधान निर्माैण गर्दैगर्दा झण्डै दुईतिहाईको संसद भएपनि काँग्रेसले कहिलेपनि दुईतिहाईको दम्भ नराखेको उहाँको भनाई थियो ।
नेता खड्काले दुईतिहाईको दम्भ राख्ने कम्युनिष्ट पार्टीले जनतालाई मर्माहत बनाएको उल्लेख गर्नुभयो । दुईतिहाई बहुमत नजिक रहेको सरकारले संसद विघटन गरेर जनताको मतको अबमुल्यन गरेको नेता खड्को भनाई थियो । संसद विघटनको जिम्मा ओलीले मात्र नभएर सिंगो नेकपाले लिनुपर्ने उँहाले बताउनुभयो ।
पूर्व स्वास्थ राज्यमन्त्री तारामान गुरुङले संविधान तलमाथि हुन नदिन काँग्रेस सचेत हुनुपर्ने र जस्तो सुकै अवस्थामा पनि कांग्रेस देश र जनताको लागि सडक तताउन तयार रहेको उंहाले जिकिर गर्नुभयो ।
विरोध सभालाई काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, काँग्रेस संखुवासभाका नेताहरु दिपक लिम्बु, टकमान घले, चन्द्रकुमार गुरुङ, मुक्तिसिंह राई, महेश थपलिया, ज्ञानबहादुर कार्की, निर्मला बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #दिपक खड्का, #नेपाल तरुण दल संखुवासभा, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्