नेवारी संस्कृति तथा कला झल्किने मूर्तिकला प्रदर्शनी

नेपाल कला परिषद्मा वरिष्ठ मूर्तिकार चन्द्रश्याम डंगोलको नेवारी संस्कृति तथा कला झल्किने एकल मूर्तिकला प्रदर्शनी भइरहेको छ ।
इनहेरिटेन्स नाम दिइएको सो प्रदर्शनीमा लामा बौद्धधर्मसँग सम्बद्ध छोर्टेन पनि राखिएको छ । दर्शकको आकर्षण विशेष गरेर छोर्टेन, महामन्जुश्री तथा कुवेरको मूर्तिमा केन्द्रित रहेको र अधिकांशले आफ्नो मोबाइलमा तस्वीर कैद गरेको पाइयो ।
दसदिने सो प्रदर्शनीमा बज्रयान बौद्धधर्मसँग सम्बद्ध महामन्जुश्री, लक्ष्मी, बुद्ध चरित्र, लोकेश्वर, पानस, सुकुन्दा, शुभकार्यका प्रतीक गणेश तथा बौद्ध स्तुपा तथा चिभासहित १७ वटा आकर्षक मूर्ति राखिएको छ ।
६६ इन्च अग्लो छोर्टेनको प्रस्तर मूर्ति आकर्षक देखिएको छ भने कुवेरको मूर्ति १६ इन्च अग्लो रहेको छ । ललितपुरको खोकनामा जन्मनुभएका डंगोलले सन् २०१० मा चीनमा भएको विश्व संघाई एक्सपो–२०१० मा भाग लिनुभएको थियो । त्यो प्रदर्शनीमा उहाँले १२ फिट अग्लो उभिइरहेको बोधिसत्वको मूर्ति प्रदर्शन गर्नुभएको थियो ।
आफैँले निर्माण गरेको १८ फिट अग्लो मैत्रेय बुद्धको मूर्ति बारामा स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ३३ फिट अग्लो विश्वकै सबैभन्दा अग्लो महामन्जुश्रीको मूर्ति काठमाडौँको चोभारमा स्थापना गर्ने कार्य भइरहेको छ ।
गत असार ५ देखि शुरु भएको सो मूर्तिकला प्रदर्शनी असार १४ सम्म सञ्चालन हुने कार्यक्रम छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नेवारी संस्कृति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्