शनिबार र आइतबार धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २४ साउन । नेपालमा आजदेखि पुनः मनसुन सक्रिय हुने भएको छ ।
न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने भएकाले आज शनिबार रातीदेखि देशका विभिन्न स्थानमा कम्तीमा दुई दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
भारी वर्षाका कारण बाढीपहिरोको जोखिम भएकाले सतर्क रहन पनि महाशाखाले सचेत गराएको छ ।
तराइ क्षेत्रमा न्यून चापीय रेखा पर्ने भए पनि यसको प्रभाव देशभर पर्ने छ । तर, लगातार झरी नपर्ने महाशाखाको पूर्वानुमान छ । तीन दिनपछि क्रमशः मनसुन कम हुँदै जाने पनि महाशाखाको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान सबेरै जारी गरेको सूचनाअनुसार शनिबार बिहान प्रदेश २ र ५ का केही भू–भागहरुमा आंशिक बदली रहने छ भने बाँकी भागहरुमा समान्यदेखि पूर्ण बदली हुने अवस्था छ ।
यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #वर्षाको सम्भावना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्