‘मदन भण्डारीः जीवन र व्यक्तित्व’ कृति प्रधानमन्त्रीलाई हस्तान्तरण
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मदन भण्डारी ः जीवन र व्यक्तित्व’ सम्बन्धि कृति हस्तान्तरण गरिएको छ ।
६९ औं मदन जयन्तीका अवसरमा उक्त कृति शोधकर्ता सुवर्णा ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही विचारले मार्गदर्शन र नेतृत्व गर्न मदन भण्डारीका रचनाहरू अध्ययन गर्नु र आफ्नो ज्ञानको क्षितिज उघार्नु अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले जनताको वहुदलिय जनवाद (जबज)का प्रणेता भण्डारीको योगदानहरूबाट प्रेरित भएर अघि बढ्न सबै देशभक्त, लोकतान्त्रिक र न्यायप्रेमी जनसमुदायहरू अझ एकताबद्ध बन्ने प्रण गरेर अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।
ओलीले स्नातकोत्तर तहमा उक्त बिषयमा शोध गर्नु भएको थियो ।
प्रधानमन्त्री ओलीले “मदन भण्डारीका संकलित रचनाहरू, भाग १ देखि ७, छानिएका रचनाहरू(८), सेलेक्टेड वक्र्स (९) र जीवनी र व्यक्तित्व (१०)’’ समेत दुर्लभ रचनाहरु संकलन गरेर सोध गर्नु भएको थियो । सोधमा आधारित रहेर सोधकर्ता ओलीले कृति प्रकाशन गर्नु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मदन भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्