बन्दाबन्दीको उपयोग : ‘माक्र्सवादी अनलाइन स्कूल’
कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा सूचना प्रविधिको उपयोग गरी युवा पुस्ताबीच मुलुकको समृद्धि र समाजवादोन्मुख वैचारिक विमर्श सञ्चालन गरिएको छ । ‘लोकपाटी मिडिया प्रालि’ले सञ्चालन गरेको ‘माक्र्सवादी अनलाइन स्कूल’ मा दर्शनशास्त्र– ८ दिन, राजनीतिक अर्थशास्त्र– ७ दिन, वैज्ञानिक समाजवाद– ७ दिन, इतिहास– ४ दिन, विज्ञान–प्रविधि– २ दिन, समाजवादी पठन संस्कृति– १ दिन, परीक्षा, कार्यक्रम र समीक्षा– ६ दिन गरी हालसम्म ३५ दिन सञ्चालन भएको छ ।
प्रालिका अध्यक्ष एवं प्रशिक्षक मनहरि तिमिल्सनाका अनुसार पहिलो र दोस्रो चरणमा गरी एक हजार ६०० ले सहभागी हुन चाहेकामा २५० लाई छनोट गरी दैनिक तीन घण्टासम्म कक्षा सञ्चालन भएको छ । ती कार्यक्रममा गोपीरमण उपाध्याय, रामराज रेग्मी, डा विजयकुमार पौडेल, डा.दिनेशचन्द्र देवकोटा, रामद्वीप आचार्य, लेखनाथ न्यौपाने, डा विष्णु धिताल, प्रा डा शोभाकान्त लामिछानेलगायतले प्रशिक्षण दिनुभएको थियो ।
पहिलो र दोस्रो चरणको समापनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासहित वैचारिक विषयमा दख्खल राख्ने वक्तालाई पनि आमन्त्रण गरिएको थियो ।
दोस्रो चरणको प्रशिक्षणको समापनमा यही असार ३ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ ले भर्चुअल मन्तव्य दिँदै विचारधात्मक बहस र अनुसन्धानको खडेरी परेको तथा उपभोक्तावदी आत्मकेन्द्रित प्रवृत्ति हावी भएको समयमा यस्ता कार्यक्रमले आदर्श र जनताप्रतिको दायित्वलाई जागृत गर्न योगदान मिल्ने बताउनुभएको थियो ।
प्रशिक्षणका क्रममा १८ बुँदे आचारसंहिता जारी भएको, दुवै चरणमा परीक्षा लिइएको र तेस्रो चरणमा ४२ जना सहभागी गराई प्रशिक्षक प्रशिक्षण पनि सञ्चालन हुन थालेको तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले नेकपाको केन्द्रीय स्कूल विभागलाई सक्रिय तुल्याउन सकारात्मक दबाब दिँदै नयाँ पुस्तालाई माक्र्सवादी विज्ञानसँग जोड्न लागि कार्यक्रम सञ्चालन गरिएको जनाउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #breaking, #माक्र्सवादी अनलाइन स्कूल’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्