Techie IT
सोमबार, वैशाख २२,२०८२

नयाँ पार्टी जनता समाजवादीमा बाबुरामको हरिविजोक


 

काठमाडौ २५ जेठ । विभिन्न पार्टी फुटाउने र जुटाउने गर्दा बाबुराम भट्टराईको हरिविजोग भएको छ । माओवादीबाट फुटेर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम पछिल्लो पटक आज गठन भउको जनता समाजवादी पार्टीको चौथो बरियता क्रममा रहेका छन् ।

नयाँ शक्तिले खासै जनमत ल्याउन नसकेपछि समाजवादी पार्टीसंग एकता गरेका उनी त्यहाँ पनि दोस्रो वरियतामा रहेका थिए । अहिले समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पार्टी बनेको छ।

उक्त पार्टीमा उनी महन्थ ठाकुर, उपेन्द्र महतो र अशोक राईभन्दा मुनि रहेका छन । आज निर्वाचन आयोगमा दर्ता भएको पार्टीको अध्यक्षमा ठाकुर र उपेन्द्र यादव रहेको छन् । यस्तै वरिष्ठ नेतामा राई र भट्टराई रहेका छन ।

जनयुद्धको वेला माओवादी पार्टीको भनेको बाबुराम बुझ्दथ्ये जनताले त्यतिवेला । तर उनी माओवादी छाडेर अन्यत्र पार्टीमा गएपछि उनको राजनीतिक कद घटदै गएको छ ।

सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी एकताको सहमति भएको थियो । पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । जसको र राजेन्द्र महतो रहेका छन् ।

केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेको छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #बाबुराम भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545