यूएई र म्यानमारबाट नेपाली लिएर आउने भयो जहाज
काठमाण्डौ – यूएई र म्यानमारमा समस्यामा परेकामध्ये केही नेपाली आज स्वदेश फर्कने भएका छन् । म्यानमारबाट २६ जना यात्रु बोकेको जहाज उडिसकेको र यूएईबाट पनि १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने निश्चित भएको नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिनुभयो ।
‘म्यानमारबाट जहाज उडेको छ, दिल्ली हुँदै आउने कि सिधै आउने भन्ने टुंगो लाग्न बाँकी छ,’ प्रवक्ता क्षेत्रीले उज्यालोसित भन्नुभयो, ‘यूएईबाट पनि जहाज आउने निश्चित छ, समय भने टुङ्गो लागिसकेको छैन ।’
यूएईले आफ्नै खर्चमा एयर अरेबियामार्फत समस्यामा परेका नेपालीलाई पठाउन लागेको हो । कोरोना जाँचसहित यूएईले एअर अरेबियाका ८ वटा उडानमार्फत नेपाली श्रमिकलाई नेपाल ल्याइदिने तालिकासहित प्रस्ताव पठाएको थियो ।
उडान हुने खबर अनुसार यूएईको एक कम्पनीले आफ्ना श्रमिकलाई तयार रहन भनेको छ । यूएईको दुबईमा रहेको इजाद फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीमा लाइफगार्डको रुपमा कार्यरत श्रमिकहरु बिमानस्थलतर्फ गइसकेका छन् ।
क्याटेगोरी : विशेष, देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्