मानसरोवरका लागि अाठ हेलिकप्टर कम्पनीका ११ उडान
तिब्बतको मानसरोवर पुग्न अघिल्लो वर्षभन्दा कम यात्रु भएपनि यस वर्ष आठ हेलिकप्टर कम्पनीका १० ओटा हेलिकप्टर एक महिनाका लागि हुम्लाको सिमीकोटमा नै आधार क्षेत्र बनाउने भएका छन् ।
बढी मात्रामा भारतीय पर्यटक आउने सो क्षेत्रमा गत वर्षभन्दा यस पटक यात्रु कम आउँदा उडानको चाप कम भएपनि चहलपहल भने उस्तै रहेको हेलिकप्टर कम्पनीहरुले जनाएका छन् ।
कैलाश दर्शन गरे स्वर्ग गइन्छ भन्ने जनविश्वासका साथ मानसरोवरमा हिन्दू धार्मिक पर्यटकहरु बढी आउने गर्छन् । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको पवित्रस्थलका रुपमा रहेको मानसरोवर, पर्यटकीय गन्तव्य पनि रहेकाले अन्य मुलुकबाट पनि पुग्ने क्रम बढ्दो छ ।
‘अहिलेसम्म अघिल्लो वर्षभन्दा कम बुकिङ भएको छ,’ माउन्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिल ओलीले भने । तर, सिमीकोटदेखि नेपाल चीन सिमाना हिल्सासम्म यात्रुहरु हेलिकप्टरमार्फत नै जाने भएकाले ८ हेलिकप्टर कम्पनीले सेवा दिइरहेको उनले बताए ।
मानसरोवर जाने मुख्य सिजन जेठ र असार हो । सो क्षेत्रमा जान अहिले दिनहुँ हेलिकप्टर चार्टर हुने गरेका छन् । छिटो पुग्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत जाने तीर्थ यात्रीको सङ्ख्यामा वृद्धि भएको छ ।
सिमीकोटबाट नेपाल र चीनको हिल्सा नाकासम्म हेलिकोप्टरमा जान सकिन्छ । मानसरोवर जाने तीर्थयात्रीलाई नै लक्ष्य गरी धेरै हेलिकप्टर कम्पनीहरु अहिले सिमीकोट एयरपोर्टमा पुगेका छन् । राजधानीको व्यापार छोडेर आठ ओटा हेलिकप्टर कम्पनी यति बेला मानसरोवरको यात्रामा छन् ।
क्याटेगोरी : पर्यटन
ट्याग : #मानसरोवर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्