नयाँ वर्षलाई उत्सवमा बदल्दै गौतम होटल, पर्यटन प्रवर्द्धन लक्ष्यसहित सांस्कृतिक कार्यक्रम
जीवनराज दाहाल : बर्दिवास, महोत्तरी ।
नयाँ वर्ष केवल पात्रो फेरिने क्षण मात्र नभई संस्कृति, संगीत र पर्यटनसँग जोडिने उत्सव पनि हो भन्ने सन्देशसहित धनुषाको लालगढस्थित गौतम होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै विशेष सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।
नयाँ वर्षको उत्सवलाई स्मरणीय बनाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम २०२५ डिसेम्बर ३१ (पौष १६ गते) साँझ ७ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा सुप्रसिद्ध गायक प्रमोद खरेल र उहाँको लोकप्रिय ब्याण्ड “परम्परा” ले प्रत्यक्ष (Live) सांगीतिक प्रस्तुति दिनेछन् । यससँगै अन्य चर्चित कलाकारहरूको सहभागितामा नेपाली मौलिकता, परम्परा र सांस्कृतिक पहिचान झल्किने विविध प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ ।
निजी क्षेत्रको पहलमा आयोजना हुन लागेको यस कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा अघि बढाइने लक्ष्य लिइएको छ । नयाँ वर्षको अवसरमा नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार राज्य अन्तर्गत सीतामढी, मधुबनी, दरभंगा, जयनगरलगायत क्षेत्रबाट उल्लेख्य संख्यामा पर्यटक आगमन हुने अपेक्षा गरिएको छ । यसले स्थानीय होटल, व्यवसाय र आतिथ्य क्षेत्रलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ ।
उत्सवको अर्को विशिष्ट पाटोका रूपमा मधेस प्रदेशको पहिचान बोकेका परम्परागत तथा स्वादिष्ट परिकारहरू प्रस्तुत गरिनेछन् । विशेष फुड स्टलमार्फत आगन्तुकहरूलाई मधेसको मौलिक स्वाद र पाक–संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्य रहेको छ ।
संगीत, संस्कृति र स्वादको त्रिवेणीसँगै नयाँ वर्ष स्वागत गर्ने यस अवसरमा सहभागी भई उत्सवलाई सफल बनाउन गौतम होटल परिवारले सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।

क्याटेगोरी : banner, पर्यटन, मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #gautam hotel, #गौतम होटल, #बर्दिवास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्