तारकेश्वरलाई भलिबल खेलमा लगातार तेश्रो पटक उपाधी
काठमाडौं । १५औँ काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिताअन्तर्गत सम्पन्न भलिबल खेलमा तारकेश्वर नगरपालिका ले पुरुषतर्फ (छात्र) उपाधि जितेको छ। काठमाडौँ जिल्ला खेलकुद विकास समिति को आयोजनामा सेक्रेट हार्ट माध्यमिक विद्यालय, तारकेश्वर–४ मा भएको फाइनलमा तारकेश्वरले बुढानिलकण्ठ नगरपालिकालाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि हात पारेको हो। यससँगै जिल्ला स्तरमा तारकेश्वरले आफ्नो वर्चस्व थप बलियो बनाएको छ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। सुरुदेखि नै आक्रामक खेल देखाएका दुवै टोलीमध्ये तारकेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरेको हो।
त्यसैगरी, छात्रा (महिला) भलिबलतर्फ पनि तारकेश्वरले रजत पदक जितेको छ। फाइनलमा चन्द्रागिरी नगरपालिका सँग पराजित भए पनि टोलीले उच्च स्तरको प्रदर्शन गरेको थियो। चन्द्रागिरीले राम्रो तालमेल र आक्रामक खेलका आधारमा उपाधि जित्न सफल भयो।
प्रतियोगिता सम्पन्नपछि आयोजित कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिएको थियो। कार्यक्रममा तारकेश्वर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सिर्जना बुर्लाकोटी अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले खेलकुदले युवाहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा यस क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा भाइ कृष्ण बलामीले खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो।
प्रतियोगितापछि प्रतिक्रिया दिँदै विक्रम खड्गीले निरन्तर लगानी, खेलाडीबीचको समन्वय र प्रशिक्षकको रणनीतिका कारण तारकेश्वरले लगातार तेस्रो उपाधि जित्न सफल भएको बताउनुभयो। लोकेन्द्र बहादुर खड्काले पनि तारकेश्वरले पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचिरहेको उल्लेख गर्नुभयो।
काठमाडौँ जिल्लाका पाँच स्थानीय तह सहभागी उक्त प्रतियोगितामा तारकेश्वरले पछिल्ला संस्करणहरूमा लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। खेलकुद क्षेत्रमा गरिएको लगानी, विद्यालयस्तरबाट खेलाडी उत्पादन र व्यवस्थित प्रशिक्षणका कारण यो सफलता सम्भव भएको सरोकारवालाहरूको भनाइ छ।
क्याटेगोरी : खेलकुद
ट्याग : #तारकेश्वरलाई भलिबल खेलमा लगातार तेश्रो पटक उपाधी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्