सुदूरपश्चिममाथि शानदार जीत निकाल्दै विराटनगर क्वालिफायरमा, ७१ बलमै १५० रन बनायाे
सुदूरपश्चिम राेयल्सलाई हराउँदै विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे क्वालिफायरमा प्रवेश गरेकाे छ ।
सुदूरपश्चिमले दिएकाे १ सय ४८ रनकाे लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गाेर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेकाे हाे । विराटनगरका साम हिजलेटले ५१, फाफ डु प्लेसिसले ५०, मार्टिन गप्टिलले २२ रन बनाए । सुदूरपश्चिमका अविनाश बाेहराले २ विकेट लिए ।
प्रतियाेगितामा सुदूरपश्चिमकाे याे पहिलाे हार हाे । अब एनपीएलकाे पहिलाे क्वालिफायरमा शीर्ष स्थानमा रहेकाे सुदूरपश्चिम र दाेस्राे स्थानमा रहेकाे विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्राे स्थानकाे काठमान्डु र चाैथाे स्थानकाे लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलाे क्वालिफायरमा विजयी हुने टाेली सीधै फाइनलमा पुग्नेछ भने हार्ने टाेलीले दाेस्राे क्वालिफायरमा इलिमिनेटरकाे विजेतासँग खेल्नेछ । इलिमिनेटरमा विजयी हुने टाेली दाेस्राे क्वालिफायरमा पुग्नेछ भने हार्ने टाेलीकाे यात्रा समाप्त हुनेछ ।
यस्तै एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे ४ बजे चितवन राइनाेज र पाेखरा एभेन्जर्स खेल्दैछन् । एनपीएल लिग चरणकाे अन्तिम खेलमा भाेलि दिउँसाे साढे ३ बजे जनकपुर बाेल्ट्स र कर्णाली याक्स खेल्नेछन् ।
गएकाे मङ्सिर १ देखि शुरू भएकाे दाेस्राे संस्करणकाे एनपीएलकाे फाइनल खेल यही २७ गते हुनेछ । प्रतियाेगितमा ८ वटा टाेली सहभागी छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #सुदूरपश्चिम विराटनगर एनपीएल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्