तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’ : पाँच हजार विद्यार्थीले भाग लिने
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा ‘खेल तारकेश्वरको सन्देश एकताको’ भन्ने मूल नारासहित आगामी यही मङ्सिर १३ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
नगरप्रमुख कृष्णहरि महर्जनले प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ६० विद्यालयका करिब पाँच हजार विद्यार्थीले भाग लिने जानकारी दिनुभयो ।
मङ्सिर २० गतेसम्म हुने प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, चेसलगायत १२ विधाका खेल खेलाइने उहाँले बताउनुभयो ।
खेलमा १८ वर्ष मुनिका बालबालिका सहभागी हुनेछन् । प्रतियोगिताको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।
कूल २३४ पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन वडा नं ८ को पिपलडाँडा मैदानमा र समापन वडा नं ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गर्नेलाई क्रमशः रु एक लाख, ६० हजार, ४० हजार र २० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिने छ ।
तारकेश्वरको टोलीले राष्ट्रपति रनिङ शिल्डमा पछिल्ला दुई वर्ष काठमाडौँ जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको थियो ।
क्याटेगोरी : खेलकुद, स्थानीय
ट्याग : #मेयर रनिङ शिल्ड
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्