टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
टोखा, काठमाडौं । टोखाका प्रथम प्रधानाध्यापक, पूर्व प्रधानपञ्च तथा ज्योतिष शास्त्रका ज्ञाता केशवराज जोशीको ९५ वर्षको उमेरमा गए राति निधन भएको छ । स्थानीय समाजसेवी निराजन डंगोलले उहाँको निधन भएको जानकारी साझापाना अनलाइनलाई दिनुभएको हो ।
स्वर्गीय जोशी टोखा वडा नं. २ का पूर्व वडा अध्यक्ष दीपकराज जोशीका पिता हुनुहुन्छ । उहाँले टोखामात्र नभई काठमाडौंको उत्तरी क्षेत्रमा विकास र सामाजिक रूपान्तरणका लागि अतुलनीय योगदान पुर्याउनुभएको स्थानीयवासीहरूले बताएका छन् ।
नेपाली भाषा, कला र संस्कृतिमा उल्लेखनीय योगदान पुर्याउनुभएको कारण तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवबाट समेत उहाँ सम्मानित हुनुभएको थियो । साथै उहाँ विभिन्न सम्मान तथा पुरस्कारबाट पनि विभूषित हुनुभएको थियो ।
आज स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न स्थानीयवासी, आफन्तजन, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर मुरारी तामाङले नेपालको झण्डा ओढाएर उहाँलाई सम्मानपूर्वक अन्तिम विदाइ गर्नुभएको छ ।
उहाँको निधनप्रति यस मिडिया परिवार गहिरो दुःख व्यक्त गर्दछ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकस्तब्ध परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, #नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्