टोखा क्लब भगवतीको संघर्षपूर्ण जित
काठमाडौं । श्री भगवती क्लब टोखाले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।
भगवतीले बिहीबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न तेस्रो खेलमा एनआरटीविरुद्ध १–० को संघर्षपूर्ण जित निकालेको हो ।
भगवतीको जितमा दिपेश शाहीको गोल निर्णायक बन्यो । खेलको सातौँ मिनेटमा दिपेशले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै टोलीले जित दर्ता गरेको हो ।
जितसँगै भगवतीले लिगमा ६ अंक बनाएको छ । भगवतीले ६ खेलबाट दुई जित र चार पराजयबाट ६ अंक बनाएको हो । उसले अब सातौँ खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो सोमबार (साउन ५ गते) बिहान १० बजे हुनेछ ।
पराजित एनआरटीले भने सातौँ खेलमा फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो सोमबार (साउन ५ गते) दिउँसो १ बजे हुने तालिका छ । एनआरटीले लिगमा ६ खेल खेल्दा एक जित, दुई बराबरी र तीन हारबाट पाँच अंक बनाएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #टोखा क्लब भगवतीको संघर्षपूर्ण जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्