Techie IT
आईतबार, असोज १८,२०८३

दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिता हुने, बिजेतालाई ५० हजार


भक्तपुर
जेष्ठ १३ , मंगलवार ।

भक्तपुर — फैढोका फुटसलको आयोजनामा “दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिता ” जेठ १७ गते फैढोका फुटसल, दुवकोटमा आयोजना हुने भएको छ।

प्रतियोगितामा विजेता टोलीले नगद रु. ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५,००० पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई जनही रु. ५,००० पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई लक्षित प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क रु. ३,००० निर्धारण गरिएको छ ।खेल प्रेमी तथा इच्छुक टोलीहरूले समयमै दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सम्बन्धी थप जानकारी तथा दर्ताका लागिनिम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:

📞 सम्पर्क विवरण:

रन्जन श्रेष्ठ :- ९८४१०४९०६७

आयोजक फैढोका फुटसलले चाँगुनारायण नगरपालिका कपलाई भव्य र सफल बनाउने लक्ष्यसहित प्रतियोगिताको तयारी तीव्र रुपमाअघि बढाएको बताएका छन्।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्