नेपाललाई उपाधि जित्न विशाल लक्ष्य
काठमाडौं – आइसीसी महिला टि२० विश्वकपको एसिया क्षेत्र छनोटको उपाधि जित्न नेपाललाई थाइल्याण्डले १ सय ५९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपनि थाइल्याण्डलाई रोक्न सकेन । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले अर्धशतक प्रहार गरेपछि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको हो । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।
नाताया र अफिसर सुवान्चोनराठीले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अफिसरले ४३ बलमा २९ रन जोडिन् । त्यसपछि नानापात र नातायाले स्कोर अघि बढाए । नाताया ४२ बलमा ५ चौकासहित ५० रन जोड्दै मनिषाको बलमा क्याच आउट भइन् ।
नानापातले २८ बलमा ८ चौकासहित नटआउट ५० रन जोडिन् । नाथाकन चनतमले ९ बलमा २ चौकासहित १४ रनको योगदान दिइन् । नेपालले आज जित हासिल गरे एसिया छनोटको उपाधि पनि जित्नेछ ।
तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका थिए। नेपाल र थाइल्याण्ड दुवै युएईलाई हराएर ग्लोबल छनोटमा पुगेका हुन् । नेपालले सोमबार युएईलाई ५ विकेटले हराएर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । थाइल्याण्डको ८ अंक, नेपालको ७ अंक र यूएईको ६ अंक रहेको छ ।
ग्लोबल छनोटमा पुग्ने पहिलो लक्ष्य पूरा गरेको नेपाल सामू आज एसिया च्याम्पियन बन्ने अवसर छ । टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने कप्तान इन्दु वर्माले बताएकी छिन् ।
नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराएको थियो । हङकङसँग पराजित भएको थियो । हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितका आधारमा समूहको शीर्ष टोली बन्दै सुपर थ्रीमा पुगेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाललाई उपाधि जित्न विशाल लक्ष्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्