महिला विश्वकप एसिया छनोट : हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल
काठमाडौं, ३० वैशाख । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ ।
टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्नेछ । हार भएमा भने नेपालका लागि विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने सम्भावना छ । त्यसैले नेपाली टोलीका लागि यो ‘डु–ओर–डाइ’ स्थिति भएको छ ।
नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ भेटमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।
दुवै टोलीबीचको अन्तिम प्रतिस्पर्धा यसै वर्ष युगान्डामा भएको चारदेशीय सिरिजमा भएको थियो । यो सिरिजको पहिलो खेलमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले ६ विकेटको सानदार जित निकाल्दै राम्रो पुनरागमन गरेको थियो ।
नेपालले अहिले समूह ‘बी’ को अंक तालिकामा शीर्ष स्थानमा कब्जा जमाएको छ । पहिलो खेलमा हङकङसँग भिडन्त वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए । दोस्रो खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी बहराइनलाई ९ विकेटले पराजित गरेको थियो ।
हङकङले दुवै खेलमा वर्षाको कारण अंक बाँडेको छ । त्यसैले हङकङ पनि जितको खोजीमा रहनेछ, विशेषगरी नेपालसँगको जितले हङकङ पनि सुपर ३ प्रवेशको सम्भावना बलियो बनाउनेछ ।
नेपालका लागि कप्तान इन्दु बर्मा, कविता कुँवर, पूजा महतो, रुबिना क्षेत्रीजस्ता खेलाडीको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ । अघिल्लो खेलमा ब्याटिङमा उत्कृष्ट देखिएको नेपाली टोलीले आज पनि सोही लय निरन्तरता दिन सकेमा हङकङमाथि नियन्त्रण राख्न सक्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #महिला विश्वकप एसिया छनोट : हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्