अतिरिक्त समयको थ्रीलरमा युनाइटेड विजयी
हेटौँडा । युरोपा लिग अन्तर्गतको दोस्रो क्वाटर फाइनल लेगमा सनसनी प्रदर्शन गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ ।
नियमित समयमा २-२ को बराबरी खेलेको युनाइटेडले अतिरिक्त समयमा फ्रेन्च क्लब लियोनलाई ५-४ ले जित्दै समग्रमा ७-६ को नतिजा सहित सेमिफाइनलमा स्थान बनाएको हो ।
नियमित समयमा ओल्ड ट्राफोर्डमा २-२ को बराबरीमा रोकिएको युनाइटेडलाई विजयी हुन १२१ मिनेटसम्म कुर्न परेको थियो ।
ह्यारी म्याग्वायरले खेलको अन्तिम मिनेटमा विजयी गोल गरेपछि खेल ट्राइब्रेकर जानबाट रोकिएको थियो । म्यानयुको जितमा थप चार गोल त्यस अघि म्यानुएल उगार्टे, डिएगो डालोट, ब्रुनो फर्नान्डेज र कोबी मैनूले गरे ।
लियोनको लागि लियोनका कोरेंटिन टेलिसो, निकोलस ट्यागलियाफिको, रेयान चेर्की र एलेक्जेन्डर लाकाजेट्टीले गोल गरे ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #अतिरिक्त समयको थ्रीलरमा युनाइटेड विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्