फाइनलमा फेरि चुक्यो नेपाल, म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
काठमाडौं । नेपाली महिला फुटबल टोली फेरि एकपटक फाइनलमा पराजित भएको छ । घरेलु मैदानमा भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित हुन पुगेको छ ।
१५ वर्षको अवधिमा १३औं फाइनल खेल खेलेको नेपाल म्यानमारसँग २–० गोलले पराजित हुन पुग्यो ।
१३औं फाइनल खेलेको नेपालले हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । म्यानमारका लागि यु पर खाङ र विङ तेइन्जी तुनले एकएक गोल गरे । खाङले ६२औं र तुनले ६५औं मिनेटमा गोर गरेका थिए ।
त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा नेपाल फेरि एकपटक उपविजेतामा सिमित हुन पुग्यो ।
नेपालले धेरै पटक गोल गर्ने अवसर पाए पनि गोल निकाल्न सकेन । फिनिसिङमा चुक्दा नेपालले कुनै पनि गोल गर्न सकेन । योसँगै पछिल्लो एक वर्षमा नेपाल तेस्रो पटक फाइनलमा असफल भएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #फाइनलमा फेरि चुक्यो नेपाल, #म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्