मोरङको बुल्स ११ लाई हराउदै आयोजक क्लब दोस्रो तीनपोखरी आमन्त्रित कपको फाईनलमा प्रबेश
खाँदबारी । संखुवासभाको खाँदबारीमा जारी दोश्रो तीनपोखरी आमन्त्रित कपको फुटबल प्रतियोगितामा मोरङको बुल्स ११ लाई हराउँदै आयोजक तीनपोखरी क्लब फाईनलमा प्रबेश गरेको छ ।
आईतबार खाँदबारी रंगशालामा भएको खेलमा मोरङको बुल्स ११ लाई तीनपोखरीले १–० गोलले हराएको थियो ।
तीनपोखरीका तर्फबाट दोश्रो हाफको ५ औ मिनेटमा अविशेषकुमार खड्काले गरेको गोल नै निर्णायक बनेको थियो । बुल्स ११ ले खेल अवधीभर पटकपटक गोल गर्ने पाएको मौका गुमाएको थियो ।
एपीएफ कोशी प्रदेश र चुलाचुली झापा बीच सोमबार दोश्रो सेमीफाईनलको खेल हुनेछ । प्रतियोगितामा ८ क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद एक लाख १० हजार पाउने छन् भने । प्रतियोेगिताको फाईनल माघे संक्रान्तिको दिन हुनेछ ।
—
क्याटेगोरी : खेलकुद
ट्याग : #खादबारी, #तिनपोखरी कप, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्