हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन
न्युटनले प्रथम हिमरश्मि कप यू–१९ कलेज र स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
हिमरश्मिले जय मल्टिपल क्याम्पसलाई सीधा ३–० को हराउँदै तेस्रो भयो । न्युटनले २५ हजार, एन्जल्सले १५ हजार र हिमरश्मिले पाँच हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा न्युटनका राजन परियार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर, हिमरश्मिकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर, एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर, एन्जल्स हार्टका निर्मल विक उत्कृष्ट ब्लकर तथा न्युटनका कृष्ण साउद उदीयमान खेलाडी चुनिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्