जनकपुर बोल्ट्स च्याम्पियन
काठमाडौँ, पुस ६ गते । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ ।
च्याम्पियन बन्न एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि मिलान्थाले सर्वाधिक ८७ रन बनाउनुभयो । उहाँले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यससँगै मिलान्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने पहिलो ब्याट्सम्यान समेत बन्नुभएको छ । मलिान्था प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै कप्तान आरिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाउनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेल्नुभयो । जैवले ६९ रन बनाउनुभयो । उहाँले ४३ बला आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । विनोद भण्डारीले ४१ रन बनाउनुभयो ।
उहाँले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गर्नुभएको थियो ।
यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४/१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन नाउनुभयो ।
बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिनुभयो । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिनुभयो ।
जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो । २० हजार दर्शकको साथ पाएको फाइनल खेलमा जनकपुरले आफुलाई बास्तविक उपाधिको हकदारको रुपमा उभ्यायो ।
आठ वटा फ्रोन्चाइज टोली सहभागि रहेको एनपिएलमा प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज तेस्रो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #जनकपुर बोल्ट्स च्याम्पियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्