एनपीएल फाइनल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
योसँगै अब केहीबेरमा जनकपुरले बलिङ गर्नेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने छन् ।
सुदूरपश्चिमको कप्तानमा ऐरी छन् भने जनकपुरको कप्तानमा आसिफ शेख रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।
उपाधि विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपीएल फाइनल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्