Techie IT
आईतबार, असोज १८,२०८३

चौंथो भक्तपुर जिल्ला व्यापी तेक्वान्दो सुरु


प्रदिप ढकाल ,भक्तपुर
कार्तिक ३०, शुक्रबार ।

चौंथो भक्तपुर जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा तेक्वान्दो प्रतियोगिता सुरु भएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ टफा डम्फुको हलमा आजबाट सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री रहेका थिए । उद्घाटन कार्यक्रममा उनले खेल मानव स्वास्थ्यको लागि अपरिहार्य भएको बताए । उनले ‘विद्यार्थीहरुले पढाइसँगसँगै खेललाई पनि अघि बढाउनुपर्ने’ बताए ।

२ दिने चल्ने प्रतियोगितामा करिब ३०० खेलाडी सहभागी भएको कार्यक्रम संयोजक प्रेम कुमार लामाले जानकारी दिए । उद्घाटन समारोहमा राष्ट्रिय तेक्वान्डो संघ नेपाल केन्द्रीय अध्यक्ष महेश्वर फुँयाल, केन्द्रीय उपाध्यक्ष सनिश लागेजु, महासचिव राकेश कुमार राई, कोषाध्यक्ष पदम राना मगर, वरिष्ठ केन्द्रीय सदस्य शेर बहादुर थापा मगर, केन्द्रीय सदस्य गौतम महर्जन राष्ट्रिय तेक्वान्दो संघनेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष सुन्दर सुवाल, चाँगुनारायण नगर खेलकुद विकास समिति संयोजक रघु के सीलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्