अरब क्लासिक लिग खेल्ने खेलाडीको बिदाई
प्रदीप ढकाल ,भक्तपुर
कार्तिक २०, मंगलबार ।
कार्तिक २२ गतेदेखि युएईमा हुने अरब क्लासिक बेसबल लिग खेलकुदमा भाग लिने खेलाडीको बिदाई गरिएको छ। चाँगुनारायण नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बिदाई गरेका हुन् । अरब क्लासिक बेसबल लिग खेलकुदमा भाग लिने नेपाली राष्ट्रिय बेसबल टोलीमा कप्तान निश्चल के. सी सहित चाँगुनारायण नगरपालिकाबाट ५ खेलाडि र एक प्रशिक्षक गरी ६ जनाको सहभागिता रहने छ।
नगर प्रमुख जीवन खत्रीलेले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र प्रशिक्षणको तयारी पनि राम्रो भएकाले अरब क्लासिक बेसबल लिगमा सुख नतिजा आउने विश्वास व्यक्त गरेका हुन् ।चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी लेसिंगो नेपाली जनता खेलाडीहरुको साथमा रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गरे । यूएईमा ९ राष्ट्रका करिब२०० खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् । नेपालका तर्फबाट २५ सदस्यीय टोली खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् ।
बिदाईकै अवसरमा चाँगुनारायण नगरपालिका नगर खेलकुद बिकास समिति संयोजक रघु खत्रीले नेपाली खेलाडीले राम्रो प्रदर्शनका साथ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रशिक्षक रोशन थापाले चाँगुनारायण नगरपालिकाको गरेको बिदाई कार्यक्रमले आफुहरु अत्यन्तै खुशी भएको र खेलको माध्यमबाट देशको नाम उच्च पार्न अझ प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्