महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
काठमाडौँ, भदौ ११ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
आइसिसीले मङ्गलबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा बङ्गलादेश र स्कटल्यान्ड भिड्ने छन् । सोही दिन अर्को खेलमा पाकिस्तान र श्रीलङ्काबिच प्रतिस्पर्धा हुनेछ । उद्घाटनका दुवै खेल सारजाह क्रिकेट मैदानमा हुनेछ ।
अक्टोबर ३ देखि २० तारिखसम्म युएईको दुबई र सारजाहमा हुने विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा खेलमध्ये दुबईमा १२ र सारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ११ खेल हुनेछ । यसअघि बङ्गलादेशमा आयोजना तय भएको विश्वकप बङ्गलादेशमा चर्चिएको सरकार विरोधी आन्दोलनका कारण युएई सरेको हो ।
महिला विश्वकपको समूह ‘ए’ मा साबिक विजेता अस्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलङ्का तथा ‘बी’ मा दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र स्कटल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्