Techie IT
आईतबार, असोज १८,२०८३

चाँगुनारायण नगरपालिका बन्यो च्याम्पियन


आईतबार ९, भाद्र

काभ्रेपलाञ्चोक

काभ्रे स्पोर्ट्स एकेडमी बनेपाको आयोजनामा भएको नगर स्तरीय कबड्डी प्रतियोगिताको उपाधि चाँगुनारायण नगरपालिकाले जीतेको छ।

शनिबार बनेपा नगरपालिका बुडोल स्थित जिल्ला सभा हलमा भएको फाइनल खेलमा बनेपा नगरपालिकालाई २०–२१ ले हराउदैंचाँगुनारायण नगरपालिकाले उपाधि चुमेको हो।विजयी सम्पूर्ण खेलाडीलाई काभ्रे स्पोर्ट्स एकेडमीका अध्यक्ष कुमार बाधेले पुरस्कृतगरे। एकेडमीका अध्यक्ष कुमार बाधेले एकेडमीले पहिलो पटक आयोजना गरेको नगर स्तरीय कबड्डी प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो। यसैगरी विजयी टीम चाँगुनारायण नगरपालिकाका प्रशिक्षक प्रदीपढकालले सम्पूर्ण खेलाड़ी तथा प्रतियोगिता खेल्नका लागि हरेक व्यवस्था मिलाईदिनु भएकोमा चागुँनारायण नगरपालिकाका प्रमुखजीवन खत्री, नगर खेलकुद विकास समिति संयोजक रघु के सी र शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनेश आर्यल लगायतलाई विशेष धन्यवाद दिए।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्