Techie IT
आईतबार, असोज १८,२०८३

सूर्यविनायक कपको बिजेतालाई १,११,१११


प्रदीप ढकाल ,भक्तपुर
भाद्र ४, मंगलबार ।

सूर्यविनायक युथ क्लव सूर्यविनायक भक्तपुरको आयोजनामा सूर्यविनायक कप फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिताभाद्र ८ गते भक्तपुरको आदर्श स्थीत हेल्थी फुटसलको खेल मैदानमा हुने जनाइएको छ । 

प्रतियोगितामा पहिलो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद रु एक लाख ११ हजारएक सय ११ रुपैयां नगद पुरस्कार राखिएको छ । साथै दोश्रो हुनेलाई ५५ हजार नगद पुरस्कार राशी राखिएको छ । प्रतियोगिताकोउत्कृष्ट खेलाडि र उत्कृष्ट गोल रक्षकलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले भाद्र ५ भित्रमा दर्ता गर्न समेत आयोजकले अनुरोध गरेको छ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्