सरस्वतिमा भयो कराँतेको बेल्ट प्रमोशन
प्रदीप ढकाल ,भक्तपुर
श्रावण २६, शनिबार ।
चाँगुनारायण नगरपालिका वडा नं. ८, थाकलमाठ स्थित श्री सरस्वति मा.बि. मा आज माचुसिमा क्योकुसिनकाइकान कराँतेको ब्रान्च दगोर्खा क्योकुसिनकाइकान कराँतेको बेल्ट प्रमोशन टेस्ट भएको छ। बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सञ्जिव पुरी, नेपाल ब्रान्चचिफ राजकुमार गुरूङ, प्रमुख प्रशिक्षक रघु के.सी. तथा अभिभावक लगायतको उपस्थितिमा ग्रिन बेल्ट तर्फका १२ जना, एल्लो बेल्टतर्फका ९ जना र वाइट बेल्ट तर्फका ९ जना गरि ३० जनाको बेल्ट प्रमोशन टेस्ट गरियो । सो क्रममा बिधालय ब्यबस्थापन समितिकाअध्यक्ष सञ्जिव पुरीले बिधार्थीहरू निकै अनुशासित रहेको र खेल निरन्तरता, मिहिनेतले नै हाम्रो बिधालयका बिधार्थीहरू आज ग्रिन बाटब्राउन बेल्टसम्मको खुट्किलो टेक्न सफल रहेको अबगत गराए। सबैजना खेलसंगै पढाइमा पनि अब्बल रहेकाले अरू बिधार्थीहरूलगाएत सम्पुर्णमा खेललाई पनि जिवनको एउटा पाटोमा संगै लिएर हिड्दा बिधार्थीको स्वास्थ्य स्वास्थ रहने, सामाजिक प्रतिष्ठा साथैतिक्ष्ण बुद्धि र निडर स्वभाव रहने हुनाले कुनै भ्रममा नपरि आफ्नो खेल जीवन अगाडि बढाउनुहुन सबैमा अनुरोध गरे। साथै यस गेमकाखेलाडी बिधार्थीले सहजै एस ई इ परिक्षामा समेत राम्रो अंकका साथ सफलता हासिल गर्नुभएको जानकारी समेत सबैमा राखे ।
त्यस्तै ब्रन्चचिफ राजकुमार गुरूङ्गले बेल्ट टेष्टमा सफल हुने खेलाडी सबैलाई बधाई दिंदै अझै खेलमा उच्च मनोबलका साथ लाग्नअनुरोध गरेका छन्। यस डोजोका प्रमुख प्रशिक्षक रघु के.सीले सबैलाई बधाई दिंदै आगामी दिनमा हुने खेल प्रतियोगितालाई मध्यनजरराख्दै खेलमा एकाग्रताका साथ लाग्न आग्रह समेत गरेका छन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्