दोस्रो भक्तपुर अन्तरविद्यालय फुटसल गोल कप-२०१९ आयोजना हुने
भक्तपुरमा भाद्र २३ बाट जिल्ला व्यापी यु- १६ अन्तरविद्यालय फुटसल गोल कप भक्तपुर, २२ भाद्र – ‘हामी सक्छौं’ भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालले दोस्रो भक्तपुर जिल्ला व्यापी यु-१६ अन्तरविद्यालय फुटसल गोल कप-२०१९ आयोजना गर्ने भएको छ ।
प्रतियोगिता सुर्यविनायक र चाँगुनारायण नगरपालिकाको सहयोग र विभिन्न गैरसरकारी संघ संस्था तथा व्यापारीक केन्द्रहरुको सहकार्यमा संचालनमा आउन लागेको हो । प्रतियोगिता यहि भाद्र २३,२४ र २५ गते सञ्चालन हुनेछ । प्रतियोगितामा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने जानकारी संस्थाका सचिव श्रीकृष्ण थापाले दिएका छन ।
प्रतियोगिताबाट सङ्कलन हुने रकमबाट बालबालिका र युवाहरुको क्षेत्रमा भए रहेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न अभियान सञ्चालन गर्न लागिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले बताए ।
प्रतियोगितामा विजय हुने टिमहरुलाई क्रमश प्रथम पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु २० हजार, दोस्रो पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु १० हजार र तेस्रो पुरस्कार ट्रफी,मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले जानकारी दिए । कार्यक्रमको कुल लागत ३ लाख ५० हजार रहेको पनि उनले जनाए ।
कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गरि सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी संस्थाका अध्यक्ष राजेश घिमिरेले दिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #भक्तपुर अन्तरविद्यालय फुटसल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्