अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुग्यो विश्वकपको फाइनलमा
काठमाडौं। दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो।
अफगानिस्तानले दिएको केवल ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर भेट्टाएको थियो।
दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले २९ र एडेन मार्क्रमले २३ रन जोडे। दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनल पुगेको हो।
त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोडेकाे थियाे। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।
२८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो। अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए।
रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन्।
अब इङ्ल्यान्ड र भारतबीच हुने खेलको विजेतासँग दक्षिण अफ्रिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुग्यो विश्वकपको फाइनलमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्