वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट वैशाखमा
वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा २०८१ वैशाख ४ देखि १६ गतेसम्म वीर गणेशमान सिंह टि२० राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।
आयोजकले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता घोषणा गरेको हो । फाउन्डेसनको आयोजनामा संचालन हुने प्रतियोगितामा नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकास समितिको सहयोग रहेको छ ।
प्रतियोगितामा ७ प्रादेशिक टोलीले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
आयोजकले घरेलु क्रिकेटको विकाससँगै नेपाल क्रिकेटको बढोत्तरीमा टेवा पुग्ने विश्वाससहित प्रतियोगिता आयोजना गरेको बताएको छ । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले घरेलु क्रिकेटमा सहयोग गरेकोमा फाउन्डेसनलाई धन्यवाद दिए ।
‘हामीले यस प्रतियोगितालाई क्यानको क्यालेन्डरमा पनि समावेश गरेका छौं । आशा छ आउने वर्षमा पनि यसले निरन्तरता पाउनेछ । क्रिकेटको लागि पहल लिनुभएकोमा धन्यवाद दिन चाहन्छौं,’ खड्काले भने ।
कार्यक्रमका संयोजक तथा नागार्जुनका मेयर मोहन बहादुर बस्नेत तथा फाउन्डेसनका प्रभास मान सिंहको पनि उपस्थिति थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट वैशाखमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्