टोखा ग्राण्डी फुटसलमा द राइजिङ्ग सन युथ क्लवको आयोजनामा खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु
काठमाडौं, । द राइजिङ्ग सन युथ क्लवको आयोजनामा खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।
टोखा ग्राण्डी फुटसलमा आयोजित एक समारोहकाबीच नगरपालिकाका मेयर प्रकाश अधिकारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख प्रकाश अधिकारीले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाइदा पुग्ने बताउनुभयो ।
खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरवृद्धिमा क्वलले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा बिभिन्न ३२ वटा क्लवका खेलाडी तथा प्रतिनिधिहरु , टोखा नगर खेलकुद बिकास समितिका संयोजक नरोत्तम राणा , वडा अध्यक्ष , स्थानियबासीहरुको बाक्लो उपस्थीती रहेको थियो ।
क्लवे वार्षिक कार्ययोजना अनुसार विभिन्न खेल प्रतियोगिताहरु एवं सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।

क्याटेगोरी : खेलकुद
ट्याग : #द राइजिङ्ग सन युथ क्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्