हङकङमा हुने त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा
काठमाडौं, २० फागुन । हङकङमा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । अहिले जारी प्रतियोगितामा १८ सदस्यीय स्क्वाड घोषणा गरेको नेपालले त्यसबाट १४ जनाको टोलीलाई हङकङ पठाउन लागेको हो ।
अहिले नामिबिया र नेदरल्याण्डसँग त्रिकोणात्मक टी २० खेलि रहेको टिमबाट सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, अनिल साह र आशिफ शेखलाई विश्राम दिइएको छ ।
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अभिनास बोहोरा रहेका छन् ।
नेपालले हङकङमा मार्च ९ देखि १३ तारिखसम्म त्रिकोणात्मक टी २० क्रिकेट खेल्ने छ । त्यहाँ नेपालले घरेलु टोली हङकङका साथै पपुवा न्युगिनी (पीएनजी)सँग पनि खेल्ने तालिका रहेको छ ।
त्रिकोणात्मक टी–२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।
मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ । साथै सिरिज अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाली टिम घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्