विश्वकप लिग-२ आजबाट, पहिलो खेलमा नेपाल र नामिबिया भिड्दै (खेल तालिका )
काठमाडौं, ३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३-२०२७) को साइकलका सिरिज आजदेखि सुरु हुँदैछ ।
२०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुँदैछ ।
आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९-२०२३)मा पनि यहि फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
क्रिकेट विश्वकप लिग-२ को २०२३-२०२७ साइकलको सुरुवात नेपालबाट हुँदैछ । आजदेखि काठमाडौंमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको सुरुवात गर्दै छन् ।
आज पहिलो खेलमा नेपालको सामना नामिबियासँग टियु मैदानमा हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहान ९:१५ बजेदेखि हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्वजनिक गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ । लिग-२ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् ।
लिग-२ को सिरिज खेल्ने नेपाली टिम- रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।
खेल तालिका:
फागुन ३ गते बिहीबार– नेपालविरुद्ध नामिबिया
फागुन ५ गते शनिबार– नेपालविरुद्ध नेदरल्यान्ड्स
फागुन ७ गते सोमबार– नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार– नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार–नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार– नेपालविरुद्ध नेदरल्यान्ड्स
क्याटेगोरी : खेलकुद
ट्याग : #विश्वकप लिग-२
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्