एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
काठमाडौँ, माघ २८ गते । नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकटमा लगातार दोस्रो जित निकालेको छ ।
मलेसियाको बायोमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हरायो । पहिलो खेलमा पनि नेपालले हङकङलाई आठ विकेटले नै पराजित गरेको थियो ।
जितका लागि भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि अविजित रहँदै सीता रानामगर ३२ र रुविना क्षेत्रीले १७ रन बनाउनुभयो । बलिङमा भुटानका अन्जु गुरुङ र अन्जुली घलेले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो । भुटानका लागि नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाउनुभयो । बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक एक विकेट लिनुभयो ।
दोस्रो जितसँगै नेपालले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बढाएको छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #एसिसी महिला प्रिमियर कप, #नेपालको लगातार दोस्रो जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्