एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ, माघ २८ गते । नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकटमा लगातार दोस्रो जित निकालेको छ ।
मलेसियाको बायोमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हरायो । पहिलो खेलमा पनि नेपालले हङकङलाई आठ विकेटले नै पराजित गरेको थियो ।
जितका लागि भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि अविजित रहँदै सीता रानामगर ३२ र रुविना क्षेत्रीले १७ रन बनाउनुभयो । बलिङमा भुटानका अन्जु गुरुङ र अन्जुली घलेले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो । भुटानका लागि नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाउनुभयो । बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक एक विकेट लिनुभयो ।
दोस्रो जितसँगै नेपालले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बढाएको छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #एसिसी महिला प्रिमियर कप, #नेपालको लगातार दोस्रो जित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्