प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी
काठमाडौं । अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाएका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा बिक्री भएका छन् ।
मंगलबार भएको अक्सनमा सनराइज हैदरबादले उनलाई २०.५० करोडको बोली लगाएका हो । यससँगै उनी आईपीएलको इतिहासकै सबभन्दा महंगो खेलाडी बनेका छन् ।
उनको सुरुवाती मूल्य २ करोड थियो । सुरुमा चेन्नई सुपर किङ्सले बोली लगायो, त्यसपछि मुम्बई एण्डियन्स आयो । दुईको प्रतिस्पर्धामा चेन्नईले ४.८ करोडको बोली लगायो । त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोरले ५ करोडको बोली लगायो ।
बैंग्लोर र चेन्नईको प्रतिस्पर्धा ७.४० करोडसम्म रह्यो । बैंग्लोर ७.८० करोड तिर्न तयार भयो । त्यसपछि कमिन्सलाई बोली लगाउने दौडमा सनराइज हैदरबाद प्रवेश गर्यो र, २०.५० करोडमा कमिन्सलाई अनुबन्ध गरेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्