१९ वर्षमुनिको एसिया कपमा आज नेपालले बलियो पाकिस्तानको सामना गर्ने
काठमाडौं । यूएईमा आजदेखि सुरू हुने १९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरू हुनेछ । आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ ।
पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन् ।
एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ । अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन् ।
विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #१९ वर्षमुनिको एसिया कपमा आज नेपालले बलियो पाकिस्तानको सामना गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्