Techie IT
आईतबार, असोज १८,२०८३

युनाइटेडले चेल्सीलाई हरायो


म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित भएको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो।

युनाइटेडको जितमा दुबै गोल स्कट मिकटोमिनेले गरे। उनले १९ औं र ६९ औं मिनेटमा गोल गरेका थिए।

पहिलो हाफको ४५ अन्तिम समयमा चेल्सीका कोल पाल्मरले गोल गरेपनि दोस्रो हाफमा गोल गर्न नसक्दा चेल्सी वर्ल्ड ट्राफोर्डमा पराजित भएको हो।

जितसहित युनाइटेड १५ खेलबाट २७ अंक बटुल्दै अंक तालिकाको छैटौं स्थानमा छ। चेल्सी १९ अंकसहित दसौं स्थानमा छ।

गएराति नै भएको खेलमा आर्सनलले लुटन टाउन र लिभरपुलले सेफिल्ड युनाइटेडलाई पराजित गरेको थियो। आर्सनल अंक तालिकाको शीर्ष र लिभरपुल दोस्रो स्थानमा छ।


क्याटेगोरी : खेलकुद
ट्याग : #युनाइटेडले चेल्सीलाई हरायो


तपाईको कमेन्ट लेख्नुहोस्