च्याम्पियन्स लिगबाट बाहिरिए पनि बालोटेली मेसी र रोनाल्डोको पक्षमा

(एजेन्सी)– बार्सिलोना र युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएपनि इटालियन फरवार्ड मारियो बालोटेलीले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोप्रति आफ्नो समर्थनलाई यथावत राखेका छन् ।
च्याम्पियन्स लिगमा मेसी सम्मिलित बासिलोना सेमिफाइनल र रोनाल्डो सम्मिलित युभेन्ट्स क्वार्टरफाइनलमा पराजित भएको थियो । पहिलो लेग ३–० ले जितेको बार्सिलोनाले लिभरपुलसँगको दोस्रो लेग ४–० ले गुमाएपछि टोलीको यात्रा अन्तिम चारमै टुंगिएको थियो । युभेन्ट्स आयक्ससँग क्वार्टरफाइनलमा नै पराजित भएको थियो ।
लिभरपुलले अब फाइलनमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनह्यामको सामाना गर्नेछ । यसपटक मेसी र रोनाल्डो विना च्याम्पियन्स लिग फाइनल हुने भएको छ । छ वर्ष यता पहिलो पटक मेसी र रोनाल्डो विना फाइनल हुँदैछ । यी दुई खेलाडीको टोलीको पराजय पछि दुवै खेलाडीको आलोचना सरु भएको छ । तर बालोटेली भने ती सब आलोचनालाई बकवास ठान्छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #मेसी र रोनाल्डो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्