नेपाल २१ वर्षपछि एसिया कपमा, इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने
राधेश्याम तिमलसिना
काठमाडौं, १९ वैशाख । नेपाल २१ वर्षपछि एसिया कपमा छनोट भएको छ । मंगलबार काठमाडौंको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनौट भएको हो ।
एसिया कपमा छनोट भएसँगै अब नेपालले बलियो टोली भारत र पाकिस्तानसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गर्नेछ । एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।
नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा पुगेको थियो । त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने गर्दथे । उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।
तर भारत र पाकिस्तानको आन्तरिक राजनीति र विवादको कारण त्यो वर्ष एसिया कप नै हुन रद्द भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन । त्यसपछि नेपाल एसिया कपमा छनोट हुन सकेको थिएन।
अहिले पनि भारत र पाकिस्तानबीच विवाद कायमै छ । भारतले पाकिस्तानमा हुने प्रतियोगितामा भाग नलिने अडान लिइरहेको छ। भारत पाकिस्तानमा खेल्न जान नमाने कि खेल स्थल परिवर्तन गर्नुपर्ने हुन्छ कि त खेल नै रद्द हुने स्थिति रहन्छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाल २१ वर्षपछि एसिया कप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्