स्वर्णपदकको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन : आकृति गुरुङ
काठमाडौं । जापानमा सम्पन्न भएको ४४. ५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई स्वर्ण पदक जितेकी छिन ।
काठमाडौंको सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलकी छात्रा आकृतिलाई बिहीबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै उक्त स्कुलले गुरुङलाई सम्मान गरेको हो ।
स्वर्ण पदक विजेता गुरुङ संस्कार स्कुलमा हाल कक्षा ९ मा अध्ययनरत छिन् ।
कार्यक्रममा स्कुलकी निर्देशक विमला गुरुङले नेपालको छबि अन्तर्राष्ट्रियस्तरमा उँचो बनाउने काम गरेको भन्दै स्वर्ण पदक विजेता गुरुङलाई बधाई दिदै भविष्यमा पनि यस्ताखाले प्रतियोगितामा सहभागी हुनको लागि स्कुलको तर्फबाट सक्दो सहयोग गर्ने बताइन ।
गत एप्रिल १९ तारिख जापानको ओसाकामा सम्पन्न २५ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा गुरुङले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिईन् ।
स्वर्णपदक विजेता आकृति गुरुङले सफलताको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन र गुरुको मार्ग्निर्देशन रहेको बताइन ।
क्याटेगोरी : खेलकुद
ट्याग : #आकृति गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्